एन्फा महिला लिग फुटबलमा एपीएफले वालिङलाई ९ गोलको फराकिलो अन्तरले हरायो

images
  • 182
    SHARES
  • पौष २२, २०८१ सोमबार
    एन्फा महिला लिग फुटबलमा एपीएफले वालिङलाई ९ गोलको  फराकिलो अन्तरले हरायो
    images

    काठमाण्डाै – 

    एन्फा महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई फराकिलो अन्तरले हराएको छ ।

    एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले वालिङलाई ९ गोलले हरायो । पहिलो हाफमा ७ गोल गरेको एपीएफले दोस्रो हाफमा २ गोल थप्यो ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए । अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend