फ्रान्समा ‘कबड्डी ४’ हाउस फुलका साथ २ वटा हलमा प्रदर्शन

images
  • 213
    SHARES
  • जेठ ३०, २०७९ सोमबार
    फ्रान्समा ‘कबड्डी ४’ हाउस फुलका साथ २ वटा हलमा प्रदर्शन
    images

    फ्रान्स 

    फ्रान्सको पेरिस सहरको केन्द्रमा नेपाली चलचित्र ‘कबड्डी ४’ हाउस फूलका साथ २ वटा हलमा प्रर्दशन भएको छ ।

    aassddd.png

     

    फिल्म पेरिसको सार्दगुल इथुवालस्थित ला बलजिक हलमा प्रदर्शन गरिएको हो । चलचित्र इनास फ्रान्सले प्रर्दशन गरेको कुरा इनास फ्रान्सका अध्यक्ष प्रविन सापकोटाले जानकारी दिए ।

    फिल्म आइतबार प्रदर्शन गरिएको थियो । फिल्मले ९ लाखको व्यापार गरेको छ । फिल्म प्रदर्शनबाट सङ्कलित रकमले फ्रान्समा लुकेर बसेका नेपाली कला संस्कृतिलाई अगाडि बढाउने पनि उनले बताए ।

    साथै नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउने र समय(समयमा विभिन्न प्रतियोगिता गराउने समेत अध्यक्ष सापकोटाको भनाई छ ।दर्शकलाई भरपुर मनोरञ्जन दिने चलचित्र हास्य रसले भरिएको छ । जसमा समग्रमा फिल्म सन्देशमूलक भन्दा पनि मनोरञ्जनले भरिएको फिल्म हेर्ने दर्शकले बताएका छन् । यस फिल्मले सौगात मल्ल (बम काजी)को एकतर्फी प्रेमलाई पनि हास्य रसमा पस्केको छ ।

    साथै समग्रमा हेर्दा फिल्म हेरुन्न्जेलसम्म बोर फिलिङ नभएको दर्शकहरुले बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend