काठमाण्डौ –
आज बिहान ६ बजेर ५० मिनेटमा तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको ठूलो भूकम्प गएको हो । भूकम्पको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ ।
यसैबीच भूकम्पको धक्कापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गर्नुभएको छ ।



