गैरआवासीय नागरिकताको समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री रमेश लेखक

images
  • 167
    SHARES
  • पौष २३, २०८१ मंगलबार
    गैरआवासीय नागरिकताको समस्या छिट्टै समाधान हुन्छ : गृहमन्त्री रमेश लेखक
    images

    २३ पुस, काठमाडौं 

    गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् ।

    गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् । गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने उनले बताए ।

     
    ‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौं । यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ’, गृहमन्त्री लेखकले भने ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend