केन्द्रीय समितिकाे बैठकले पार्टी झन् बलियाे भयाे : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

images
  • 120
    SHARES
  • पौष २३, २०८१ मंगलबार
    केन्द्रीय समितिकाे बैठकले पार्टी झन् बलियाे भयाे : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
    images

    काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ । अस्ति आइतवारदेखि शुरू भएको बैठक आज सकिएको हाे ।

    आजको बैठकमा नेता जनार्दन शर्माले बोल्नका लागि विशेष समय पाउनुभएको थियो । उहाँले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गर्नुभएको छ । अध्यक्षको एकलौटीतर्फ सङ्केत गर्दै शर्माले नेतृत्वको आलोचना पनि गर्नुभएको छ ।

    यस्तै समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बैठक एकताको र श्रमिकका निम्ति विजयको बैठक बनेको दाबी गर्नुभयो । उहाँले अब माओवादीका सबै नेता कार्यकर्ता उत्पादनसँग जोडिने, विकृतिमा नलाग्ने र पार्टीलाई नागरिक माझ पुनः लोकप्रिय बनाउन लाग्ने बताउनुभयाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend