ग्लोबल आईएमई बैंकले १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार बिरुवा राेप्ने घोषणा

images
  • 142
    SHARES
  • पौष २३, २०८१ मंगलबार
    ग्लोबल आईएमई बैंकले १८औं वार्षिकोत्सवको अवसरमा १८ हजार बिरुवा राेप्ने घोषणा
    images

    काठमाण्डाै –

    ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार वृक्षरोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आईएमई बैंक यही पुस १८ गतेखि आफ्नो स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।

    बैंकले चालू आर्थिक वर्षमा देशका विभिन्न ठाउँमा स्थानीय सङ्घ/संस्थासँगको सहकार्यमा १८ हजार वटा बिरुवा राेप्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरमा रहेकाे बैंकको कार्यालय परिसरमा विभिन्न विरुवा रोपण गरी अभियानको शुभारम्भ गर्नुभएको हो ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्षरोपण कार्यक्रम चालू आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवा रोपण गर्ने जानकारी दिनुभयो । ‘रुखबिरुवा प्रकृति संरक्षणको महत्त्वपूर्ण पाटो हो । वृक्षरोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाई राख्न, पहिरो रोक्न, पानीको स्राेत जोगाउन सहयोग पुर्‍याउँछ’, उहाँले भन्नुभयो ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

    ग्लाेबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend