काठमाण्डौ –
काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । यस्तै पश्चिम तराईका केही ठाउँहरूमा हुस्सु र कुहिरो लागेको छ ।
आज कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।



