जय ट्रफी एलिट कप : पुलिस अग्रता बढाउँदै

images
  • 157
    SHARES
  • पौष २४, २०८१ बुधबार
    जय ट्रफी एलिट कप : पुलिस अग्रता बढाउँदै
    images

    काठमाण्डाै –

    जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेलको पहिलो दिनको खेल सकिएको छ ।

    पहिलो दिनको खेल सकिँदा मधेश प्रदेशसँगको खेलमा नेपाल पुलिस क्लबले पहिलो पारीमा ३ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पुलिसले ४५ रनको अग्रता लिएको छ । पुलिसका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ६८ बलमा ६३ रन बनाएर आउट भए । मधेशका हरिशङ्कर शाहले २ विकेट लिए ।

    यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १ सय २९ रनमा अलआउट भयो । मधेशका मयन यादवले ५९ रन बनाए । पुलिसका गुल्सन झाले ५ विकेट लिए ।

    यस्तै त्रिभुवन आर्मी क्लबसँगको खेलमा बाग्मती प्रदेशले पहिलो दिनको खेल सकिँदा पहिलो पारीमा ५ विकेट गुमाएर १ सय २४ रन बनाएको छ । बाग्मती १ सय ५२ रनले पछि छ । बाग्मतीका शुभ कंसाकरले ३४ रन बनाए । आर्मीका आकाश चन्दले ३ विकेट लिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend