एन्फा महिला लिग:वालिङको पोस्टमा आर्मीको दर्जन गोल

images
  • 301
    SHARES
  • पौष २४, २०८१ बुधबार
    एन्फा महिला लिग:वालिङको पोस्टमा आर्मीको दर्जन गोल
    images

    काठमाण्डाै –

    एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई फराकिलो अन्तरले हराएको छ ।

    एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा आर्मीले वालिङलाई १२–० गोलले हरायो । पहिलो हाफमा ४ गोल गरेको आर्मीले दोस्रो हाफमा ८ गोल थप्यो ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend