काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेबीच भेटवार्ता भएको छ ।
महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार मन्त्री पाण्डेसँग पर्यटन मन्त्रालयमा भेट गरेको हो । भेटमा बिम्स्टेक देशबीचको भिसा सहजीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय सर्किटमा पर्यटन पूर्वाधार विकासलगायत विषयमा छलफल भएको थियो ।



