सहकारी ठगी प्रकरण : १० लाख धरौटी बुझाएर कोइराला रिहा

images
  • 151
    SHARES
  • पौष २५, २०८१ बिहीबार
    सहकारी ठगी प्रकरण : १० लाख धरौटी बुझाएर कोइराला रिहा
    images

    काठमाण्डौ – स

    हकारी ठगीको आरोप लागेकी लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा धरौटी बुझाएर रिहा भएकी छिन् ।

    बुधवार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

    मोरङको धनपालथान ३ मा रहेको उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइराला हिजो आफैँ जिल्ला अदालतमा उपस्थित भएकी थिइन् ।

    गएको मङ्सिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । यस सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend