मेडिकल व्यवसायी प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधमा मुद्दा दर्ता

images
  • 83
    SHARES
  • पौष २५, २०८१ बिहीबार
    मेडिकल व्यवसायी प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधमा मुद्दा दर्ता
    images

    काठमाडौं २५ पुस ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

     

    यसअघि प्रसाईंविरुद्ध साइबर अपराधको आरोपमा पनि मुद्दा दायर भएको थियो । त्यस कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको हो ।

    प्रसाईसहित पाँचथर घर भई झापाको मेचिनगर १३ चारआली बस्ने नविन प्रधान भन्ने हरिचन्द्र फुयाल र तेह्रथुमको आठराई ६ घर भई झापाको बिर्तामोड बस्ने रामचन्द्र मैनालीलाई पनि प्रतिवादी बनाइएको छ ।

    प्रसाईंसहितका व्यक्तिले धम्क्याएको भन्दै नेपाल राष्ट्र बैंक, व्यवसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend