अत्यधिक चिसो बढेपछि कञ्चनपुरका स्थानीय तहले दिए विद्यालयमा बिदा

images
  • 138
    SHARES
  • पौष २५, २०८१ बिहीबार
    अत्यधिक चिसो बढेपछि कञ्चनपुरका स्थानीय तहले  दिए विद्यालयमा बिदा
    images

    कञ्चनपुर ।

    एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

    शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । 

    चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।
     
    उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको  छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend