काठमाण्डौ –
इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधीका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दैछन् । हिजो मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।
इन्डो–नेपाल भलिबलको विजेताले सात लाख, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुनेले एक लाख ७५ हजार र चौथो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।



