काठमाण्डाै –
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालती पुल नजिक आज भेटिएका सिलिन्डर बम सेनाले डिस्पोज गरेको छ ।
स्थानीय बासिन्दाले प्रहरीलाई बम रहेको जानकारी गराएका र सुरक्षा टोलीले खोजी गर्दा चार वटा सिलिन्डर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सिलिन्डर बम भेटिएको क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ ।



