धरौटी तिरेर रिहा भएपछि रास्वपाका सभापति रवि लामिछाको प्रतिक्रिया,न्यायालयप्रति सम्मान गर्छु

images
  • 83
    SHARES
  • पौष २६, २०८१ शुक्रबार
    धरौटी तिरेर रिहा भएपछि रास्वपाका सभापति रवि लामिछाको प्रतिक्रिया,न्यायालयप्रति सम्मान गर्छु
    images

    काठमाण्डौ –

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा हुनुभएको छ ।

    अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त हुनुभएको हो । लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने शर्तमा रिहा गरिएको हो ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले हिजो बेलुकी रविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिनुभएको थियो । रिहा भएपछि लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिनुभएको छ ।

    गएराति फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उहाँले न्यायालयप्रति सम्मान गर्ने बताउनुभएको हो ।

    रास्वपाका नेता दीपक बोहराको फेसबुक लाइभमा देखिएका उहाँले बोल्ने समय आएपछि नबोल भने पनि बोल्ने प्रतिक्रिया दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend