प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जित्यो

images
  • 80
    SHARES
  • पौष २६, २०८१ शुक्रबार
    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जित्यो
    images

    काठमाण्डौ –

    प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ । हिजो बिहीवार सम्पन्न फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडीले जितेको  हो ।

    फाइनल खेलमा जानकी थापाको अलराउन्ड प्रदर्शनमा बैतडीले प्रतियोगिताको उपाधि हात पारेको हो । बैतडीले पाएको ७२ रनको लक्ष्य १२ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । जसमा कप्तान ऋतु कनौजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहिन् ।

    यसअघि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायो । उसका लागि रेवती धामीले ४१ रनको पारी खेले पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    बैतडीका लागि जानकी थापाले २ विकेट लिइन् । जानकी ओम्यान अफ द फाइनलसमेत चुनिइन् । यस्तै बैतडीकी कप्तान ऋतु कनौजिया सर्वोत्कृष्ट खेलाडी बनिन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend