रास्वपाका सभापति रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने

images
  • 88
    SHARES
  • पौष २६, २०८१ शुक्रबार
    रास्वपाका सभापति रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने
    images

    काठमाण्डौ –

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुँदै हुनुहुन्छ ।

    उहाँविरुद्ध काठमाण्डौमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज आफैँ अदालतमा उपस्थित हुन लाग्नुभएको हो ।

    लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने शर्तमा कास्की अदालतले हिजो रिहा गर्न आदेश दिएको हो ।

    अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर लामिछाने हिजो बेलुकी कास्की प्रहरीको हिरासतबाट रिहा हुनुभएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend