राष्ट्रिय परिचयपत्रका आधारमा अब बैङ्क खाता खोल्न सकिने

images
  • 101
    SHARES
  • पौष २६, २०८१ शुक्रबार
    राष्ट्रिय परिचयपत्रका आधारमा अब बैङ्क खाता खोल्न सकिने
    images

    काठमाण्डौ 

    आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

    यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो ।

    नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैङ्क तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ ।

    राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको होइन,आधिकारिकता दिइएको हो ।

    यसअघि नागरिकताका आधारमा बैङ्क खाता खोल्नू भन्ने निर्देशन पनि यथावत रहेको र अब  राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिए पनि बैङ्कले खाता खोलिदिनुपर्ने उहाँले जानकारी दिनुभयो ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend