आज पनि सुनको भाउ बढ्यो

images
  • 253
    SHARES
  • पौष २६, २०८१ शुक्रबार
    आज पनि सुनको भाउ बढ्यो
    images

    काठमाण्डौ

    सुनको भाउ आज पनि तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार आठ सय ४० रुपैयाँ रहेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend