वैदेशिक रोजगारीका लागि बेलायत लैजाने भन्दै ठगी गर्ने एक जना पक्राउ

images
  • 151
    SHARES
  • पौष २६, २०८१ शुक्रबार
    वैदेशिक रोजगारीका लागि बेलायत लैजाने भन्दै ठगी गर्ने एक जना पक्राउ
    images

    काठमाण्डाै –

    आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि बेलायत लैजाने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाल रहेका छन् ।

    दाहालले बेलायत पठाइदिने भन्दै एक जनाबाट ३१ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई कागेश्वरी मनोहरा–८ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend