एन्फा महिला लिगः वालिङ नगरपालिकाले बागमतीलाई हरायो

images
  • 139
    SHARES
  • पौष २६, २०८१ शुक्रबार
    एन्फा महिला लिगः वालिङ नगरपालिकाले बागमतीलाई हरायो
    images

    काठमाण्डाै –

    एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा बाग्मती युथ क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।

    एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको २–० गोलले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बाग्मती युथले दुवै गोल दोस्रो हाफमा गर्‍याे ।

    दाेस्राे चरणमा बाग्मतीकाे याे पहिलाे जीत हाे । वालिङ अझै जीतविहीन छ । याे जीतसँगै बाग्मती ४ खेलमा ३ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । लगातार चाैथाे खेल हारेकाे वालिङ पुछारमा छ ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend