मगर मौलिक कौराहा नृत्य प्रतियोगिताको उपाधी चन्द्र एकता मगर समाजलाई

images
  • 233
    SHARES
  • पौष २८, २०८१ आइतबार
    मगर मौलिक कौराहा नृत्य प्रतियोगिताको उपाधी चन्द्र एकता मगर समाजलाई
    images

    चितवन 

    नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिती चितवनको आयोजना र भरतपुर महानगरपालिका वडा नं.-७ को संरक्षकत्वमा पुराना मगर मौलिक संस्कार संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ दोस्रो खुल्ला मौलिक कौराहा (कानराहा) नृत्य प्रतियोगिता शनिवार विपि मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न भएको छ। 

    473046260_583322817667670_803165065990072813_n.jpg

    मगर समुदायको महान् पर्व माघे सकरातिको अवसरमा मगर समुदायको पुर्खा देखि चलिआएको कला,संस्कृती,भेषभुषा र मौलिक पहिचानलाई संरक्षण,पर्वद्धन एवं नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ मगर समुदायको राष्ट्रिय एवं सांस्कृतिक नृत्य दोस्रो खुल्ला कौराहा नृत्य प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेम कुमारी आले मगरले बताउनुभयो। प्रतियोगितमा चितवन र तनहुँ गरि ७ वटा समुहहरुको सहभागिता रहेको थियो।

    472867228_8589582737813051_6255666190758126616_n.jpg

    प्रतियोगितामाको उपाधि चन्द्र एकता मगर समाज भरतपुर -२ क्षेत्रपुरले जित्न सफल रह्यो। समुहले नगद रु ३५ हाजर,प्रमाण-पत्र र ट्रफी जित्न सफल रह्यो। त्यसैगरी प्रतियोगिताको द्वितीय सृजनशिल मगर एकता समाज भरतपुर-५ कैलाशनगरको समुह हुन सफल रह्यो।उक्त समुहले नगद रु २० हजार र प्रमाण पत्र प्राप्त गर्यो। प्रतियोगिताम तृतीय ज्ञानोदय मगर समाज भरतपुर-९ शरदपुर(क) हुन सफल रह्यो।उक्त समुहले नगद रु १० हजार सहित प्रमाण पत्र प्राप्त गर्यो। प्रतियोगितामा सान्त्वना पुरस्कार भने कोटा मगर समाज देवघाट गाउपालिका-१ हुन सफल रह्यो।उक्त समुहले नगद रु ५ हजार सहित प्रमाण पत्र प्राप्त गर्यो।

    473239784_583323284334290_8317659412846247196_n.jpg

    प्रतियोगितामा अनुसासित तथा सृजनशिल पुरस्कार नेपाल मगर संघ,भरतपुर-१५ फुलबारीको समुहले जित्न सफल रह्यो।त्यसैगरि प्रतियोगिको प्रोत्साहन पुरस्कार भने नेपाल मगर संघ,भरतपुर-२० शारदानगर र सोनि लाफा मगर समाज,सांस्कृतिक संघ खैरहनी-४ लाफा टोलको समुहले जित्न सफल रह्यो।

     

    कार्यक्रममा भरतपुर महानगरपालिका-७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले,नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय उपाध्यक्ष पदम थापा मगर,नेपाल मगर संघ केन्द्रिय अनुशासन बिभाग सदस्य काशिमाया राना मगर,नेपाल मगर महिला संघ केन्द्रिय उपाध्यक्ष देवि थापा मगर,नेपाल मगर संघ बागमती प्रदेश अध्यक्ष मिलन थापा मगर,नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनका अध्यक्ष लाल बहादुर राना मगर,नेपाल आदिवासी जनजाती महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो। कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका भरतपुर-७ का वडा अध्यक्ष काफ्लेले माघ १ गते मनाईने मगर समुदायको सांस्कृतिक पर्व माघे सकरातीको शुभकामना व्यक्त गर्नुहुदै मगर समुदायले आफ्नो मौलिक पहिचान बचाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने र एकतको सन्देश समेत दिने कुरा बताउनुभयो।

    अध्यक्ष काफ्लेले जनजाति उत्थानको लागि सदैव सहयोग गर्न तयार रहेको र सहयोग समेत गर्दै आइरहेको कुरा व्यक्त गर्नुभयो। कार्यक्रममा सांस्कृतिक संघका केन्द्रिय उपाध्यक्ष मगरले केन्द्रलाई नै थप जिम्मेवारी बोध गराउने गरि चितवन जिल्लाले आयोजना गरेको कार्यक्रम महत्वपुर्ण र सराहनिय रहेको कुरा बताउनुहुदै आफ्नो समुदायको कला,संस्कृति,मौलिक पहिचान जगेर्ना गर्न एक्यवद्धता भैइ अघि बढ्न आग्रह गर्नुहुदै केन्द्रले गर्नुपर्ने सहयोग सदैव रहने कुरा व्यक्त गर्नुभयो।

    प्रतियोगितामा मौलिक भेषभुषा र बाजा (खैजडी) सहित प्रत्यक्ष गायन तथा नृत्य प्रस्तुती संगै नेपाल मगर बिद्यार्थी संघ जिल्ला समिति चितवनको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। प्रतीयोगिताको मुल्यांकन समितिको संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका सस्थाथपक अध्यक्ष अम्बर विरही गुरुङ,समिती सदस्यमा नेपाल मगर लेखक संघ गण्डकी प्रदेश उपाध्यक्ष,कौराहा संरक्षक,साहित्यकार,भाषाविद खड्का बहादुर पामी मगर र समिती सदस्य नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय सचिव तथा राष्ट्रिय लोक तथा दोहिरी गित प्रतिष्ठान नेपाल ललितपुर उपत्यका उपाध्यक्ष रन्जिता थापा मगर रहनुभएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend