चन्द्र एकता मगर समाज क्षेत्रपुरले पुन दोस्रो पटक मौलिक कौराहा प्रतियोगिताको उपाधि चुमे

images
  • 266
    SHARES
  • पौष २८, २०८१ आइतबार
    चन्द्र एकता मगर समाज क्षेत्रपुरले पुन दोस्रो पटक मौलिक कौराहा प्रतियोगिताको उपाधि चुमे
    images

    चितवन, पुष २८ आइतबार । 
    नेपाल मगर सास्कृतिक संघ जिल्ला समन्वय समिति चितवनले मगर जातिको महान पर्व माघे सकरातीको पावन अवसरमा आयोजना गरेको दोस्रो मौलिक कौराहा (कानराहा) प्रतियोगितामा चन्द्र एकता मगर समाज भरतपुर २ क्षेत्रपुरले प्रथम  पुरस्कार जित्न सफल भएको छ । चन्द्र एकता मगर समुहले ६ वटा समुहलाई पछि पार्दै ३ सय पुर्णाङका २०५ अंक ल्याएर दोस्रो पटक पनि पहिलो उपाधि जित्न सफल भएको हो । उक्त समुहले नगद रु ३५ हजारको चेक, ट्रफी र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ।

    यस्तै गरी श्रृजनशिल मगर समाज भरतपुर ५ कैलाशनगरले  १९५ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ । उक्त समुहले नगद रु २० हजारको चेक , प्रमाण पत्र प्राप्त गरेको छ । 


    भने ज्ञानोदय मगर समाज भरतपुर ९ सरदपुर (क ) ले १९० अंक ल्याएर तितृय  स्थान हासिल गर्न  सफल भएको छ । तितृत हुने समुहले नगद रु १० हजारको चेक र प्रमाणपत्र प्राप्त गरेको छ ।

    यस्तै गरी  कोटा मगर समाज देवघाटले १८२ अंक ल्याएर सान्तवना  स्थाना हासिल गर्न सफल भएको छ । सान्तवना हुने समुहलाई नगद रु ५ हजारको चेक र प्रमाण पत्र प्राप्त गरेको छ।

    प्रतियोगितामा१७७ अंक ल्याएको भरतपुर १५ फुलबारी एकता मगर समुहले अनुसासित तथा सृर्जशिल पुरस्कार प्राप्त गरेको छ । उक्त समुहलाइ नगद पच्चीस सय र प्रमाणपत्रले सम्मान गरीएको छ। १७२ अंक ल्याउने नेपाल मगर संघ  सारदानगर भरतपुर २०  र १७० अंक ल्याएका सोनी लाफा मगर समुह खैरहनी ४ लाई  प्रोत्सान पुरस्कार नगद २५ सय प्रर्दान गरीएको थियो । 


    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, नेपाल मगर लेखक संघ गण्डकी प्रदेश उपाध्यक्ष, कौराहा संरक्षक, साहित्यकार खड्ग पामी आले मगर,नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय सचिव तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान ललितपुरका उपाध्यक्ष रज्जीता थापा मगरले निर्णायको भुमिका निर्वाह गर्नु भएको थियो । 


    प्रतियोगितामा लोक तथा दोहोरी गायक बलविक्रम थापामगरले मगर समुदायको पुराना माउली बाजा प्रस्तुत गर्नु भएको थियो भने लोक तथा दोहोरी गायिका  बबिता थाप मगरले सोरठी गित प्रस्तुत गर्नु भएको थियो। यस्तै नेपाल मगर बिधार्थी संघ जिल्ला समिति चितवनले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । मगर समुदायको महान पर्व माघे सकरातीको अवसर पारेर मगर समुदायको मौलिक संस्कृति कला, भेष भुषालाई संरक्षण र पुस्ताहस्तान्तरण गर्ने उदेश्यले दोस्रो खुला कौराहा प्रतियोगिताको आयोजना गरीएको कार्यक्रमका अध्यक्ष तथा नेपाल मगर सांस्कृतिक संघ चितवनका अध्यक्ष प्रेम माया आले मगरले जानकारी दिनु भयो ।

     

    कार्यक्रमका प्रमुख अतिथि भरतपुर ७ का वडा अध्यक्ष  राजेन्द्रमणी काफ्लेले मगर समुदायको मुख्य पर्व माघे सकरातीको शुभकामना ब्यक्त गर्दै यस्ता किसिमका प्रतियोगिताले संस्कार संस्कृतिलाई पुस्तान्तरण गर्न महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । साथै जनजातिको उत्थानको लागी सहयोग गर्न सधै तत्पर रहेको बताउनु भयो । यस्तै नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय उपाध्यक्ष पदम थापा मगरले केन्द्रलाई समेत झकझकाउने गरी चितवनले आयोजना गरेकोमा प्रशंसा गर्दै कला संस्कार संस्कृति संरक्षणमा सबै एकताबद्ध हुनुपर्ने बताउनु भयो । आशिक राना मगर, मुना लम्तरी मगर, देउकुमार थापामगरले कार्यक्रम सन्चालन गर्नु भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend