काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा रवि लामिछानेको थुनछेक बहस शुरू

images
  • 138
    SHARES
  • पौष २९, २०८१ सोमबार
    काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा रवि लामिछानेको थुनछेक बहस शुरू
    images

    काठमाण्डौ 

    काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस शुरू भएको छ ।

    लामिछानेको तर्फबाट हिजो बयान सकिएपछि थुनछेक बहस बाँकी रहँदा उनलाई काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो ।

    पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा भएको थुनछेक बहसपछि धरौटीमा रिहा भएका लामिछानेलाई काठमाण्डौ जिल्ला अदालतले भने थुनछेक बहस शुरू नभएको भन्दै हिरासतमा पठाउन आदेश दिएको हो । लामिछानेका तर्फबाट १० जना कानून व्यवसायीले बहस गर्ने अदालत प्रशासनले जानकारी दिएको छ । शुरूमा जाहेरवालाका तर्फबाट बहस भएपछि प्रतिवादीतर्फका कानून व्यवसायीले बहस शुरू गर्नेछन् ।

    स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    गोरखा मिडिया नेटवर्कमा कानून विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच करोड ७८ लाख ९८ हजार चार सय ८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend