बढ्यो सेयर बजार

images
  • 168
    SHARES
  • माघ २, २०८१ बुधबार
    बढ्यो सेयर बजार
    images

    काठमाडौँ ।

    बुधबार सेयर बजार परिसूचक (नेप्से)को वृद्धि स्थिरजस्तै देखियो । १.८३ को सामान्य अंकले बजार बढ्दा परिसूचक २५९६ बिन्दुमा पुगेको छ ।

    बुधबार १२४ कम्पनीको मूल्य बढ्दा १०८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्य भने स्थिर रह्यो । बुधबार कुल ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    मूल्य बढेकामध्ये डोल्टी पावर, सुपर मादी हाइड्रो, बाराही हाइड्रो, श्वेतगंगा हाइड्रोलगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । डोल्टीको सेयर मूल्यमा सकारात्मक सर्किट नै लागेको छ । न्याग्दी हाइड्रोपावरको मूल्यमा भने नकारात्मक सर्किट लाग्न पुग्यो । त्यस्तै पोखरा फाइनान्स लिमिटेडको मूल्य ९ प्रतिशतले घटेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend