कार दुर्घटना दुई नेपालीको मृत्यु

images
  • 85
    SHARES
  • माघ ३, २०८१ बिहीबार
    कार दुर्घटना दुई नेपालीको मृत्यु
    images

    काठमाडौ ।

    अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ । 

    एनबीसी वाशिंगटनका अनुसार ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन् । 

    जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो । सोही स्थानमा दुई शव फेला परेका थिए । सोही शवको पहिचान खुल्दा नेपाली रहेको पुष्टि भएको हो । 

    कार आंशिक रूपमा हिउँ जमेको पानीमा डुब्दा चालक खड्का र यात्रु भट्ट भित्र फसेका थिए। एनबीसी वाशिंगटनका अनुसार सहकर्मीहरूले खड्का विङ्गेटमा काम गरेको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend