डस्टबिनभित्र नवजात शिशुको शव फेला

images
  • 171
    SHARES
  • माघ ३, २०८१ बिहीबार
    डस्टबिनभित्र नवजात शिशुको शव फेला
    images

    प्यूठान, माघ ३

    सरुमारानी गाउँपालिका(२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।

    सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो प्रहरीले जनाएको छ । स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend