शेयर बजार आज सामान्य घट्यो

images
  • 161
    SHARES
  • माघ ३, २०८१ बिहीबार
    शेयर बजार आज सामान्य घट्यो
    images

    काठमाण्डाै 

    हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.३३ अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा झरेको छ ।

    आज जलविद्युत्, उत्पादन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूह ५ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

    आज पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । हिजो ५ अर्ब ८२ करोडको कारोबार भएकोमा आज २९६ वटा कम्पनीका १ करोड १७ लाख कित्ता शेयर ५ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend