रुखबाट लडेर एक जना महिलाको ज्यान गयाे

images
  • 157
    SHARES
  • माघ ३, २०८१ बिहीबार
    रुखबाट लडेर एक जना महिलाको ज्यान गयाे
    images

    बाजुरा –

    बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट लडेर एक जना महिलाको ज्यान गएको छ ।

    डालेघाँस काट्ने क्रममा हाँगा भाँचिएर बुढीगङ्गा–३ बसालीकी ४३ वर्षीया वसन्ती उपाध्यायको घटनास्थमै ज्यान गएको नेपाली कांग्रेस बुढीगङ्गा नगर कार्यसमितिका सभापति जयराज उपाध्यायले बताउनुभयो ।

    मृतक उपाध्याय वडा नम्बर ३ मै रहेको बहालिकोट आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्रकी सहजकर्ता हुनुहुन्थ्यो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend