एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा आर्मीले पुलिसलाई हरायो

images
  • 139
    SHARES
  • माघ ३, २०८१ बिहीबार
    एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा आर्मीले पुलिसलाई हरायो
    images

    काठमाण्डाै – 

    एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा आर्मीले पुलिसलाई १–० गोलले हरायो ।

    यो जीतसँगै आर्मी ६ खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । पुलिस ६ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा छ । 

    प्रतियोगितामा आर्मी, पुलिससहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, बाग्मती युथ क्लब र स्याङ्जाको वालिङ नगरपालिका छन् । लिगको पहिलो चरणपछि ५ वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend