याङ्गुन ।
उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो ।
स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने, “खानीमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ।”



