सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन

images
  • 187
    SHARES
  • माघ ३, २०८१ बिहीबार
    सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन
    images

    काठमाडौँ । 

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिनुभएको छ ।

    बुढानीलकण्ठस्थित निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिनुभएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिनुभयो ।

    “जनतासँग सरोकार भएका विषयमा सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउनुस्”, सभापति देउवाको भनाइ उद्धृत गर्दै मन्त्री चौरसियाले भन्नुभयो, “पार्टीको कामभन्दा सही तरिकाले समय व्यवस्थापन गरेर मन्त्रालयको कामलाई प्राथमिकताका साथ अगाडि बनाउनुस् ।”

    कांग्रेस सभापति देउवाले सरकारलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न पनि मन्त्रीहरूसमक्ष आग्रह गर्नुभयो । बैठकमा पार्टी उपसभापति, महामन्त्री, नेता, प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतकलगायत व्यक्तिको उपस्थिति थियो ।

    सभापति देउवाले सम्बन्ति मन्त्रालयका मन्त्रीसँग भइरहेका काम र बाँकी कामका बारेमा जानकारी दिलुभएको थियो । उहाँले संसद् अधिवेशन सुरु हुनुपूर्व सम्बन्धित मन्त्रालयअन्तर्गतका कानुन कहाँ पुगेर अड्किएका छन् सोकोे टुङ्गो लगाउन पनि मन्त्रीहरूलाई निर्देशन दिनुभयो ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेका अनुसार आजको भेटमा सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढङ्गले काम गर्न र महत्वपूर्ण विषयमा नियमित छलफल गर्ने निर्णय भएको छ । विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुङ्गोमा पु¥याउन सक्रियताका साथ कार्य गर्ने, आआफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउनुपर्नेलगायत विषयमा छलफल गरिएको उहाँले बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend