अमेरिकी डलरको नयाँ कीर्तिमान

images
  • 112
    SHARES
  • माघ ४, २०८१ शुक्रबार
    अमेरिकी डलरको नयाँ कीर्तिमान
    images

    काठमाण्डौ –

    अमेरिकी डलरको भाउमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमेरिकी डलरको भाउ आज पनि बढेको हो ।

    नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ७० पैसा कायम भएको छ ।

    यस्तै युरोपियन युरो, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउ पनि बढेको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रूपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रूपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ७ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

    यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ८ पैसा कायम भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend