सेफ नेपालका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

images
  • 77
    SHARES
  • जेठ ३०, २०७९ सोमबार
    सेफ नेपालका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
    images

    काठमाडौं 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

    qfgj.jpg

     

    सेफ नेपाल नामक संस्थामार्फत सञ्चालित महिला जनचेतना कार्यक्रममा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी १ लाख ७२ हजार २४० रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend