भ्रामक इमेलहरू आएमा प्रतिक्रिया नदिन प्रहरीको अनुरोध

images
  • 169
    SHARES
  • माघ ४, २०८१ शुक्रबार
    भ्रामक इमेलहरू आएमा प्रतिक्रिया नदिन प्रहरीको अनुरोध
    images

    काठमाण्डौ 

    नेपाल प्रहरीको साइबर ब्यूरोले प्रहरीका कार्यालय र उच्च अधिकारीहरूको नाम तथा दर्जासमेत प्रयोग गर्दै विभिन्न व्यक्तिलाई चेतावनीसहितका इमेलहरू गइरहेकोप्रति सचेत हुन आग्रह गरेको छ ।

    qqqqqqqq.jpg

    ब्यूरोले विज्ञप्ति निकालेर साइबर ब्यूरोलगायत अरु प्रहरी कार्यालयबाट पठाइएका भनिएका त्यस्ता इमेलहरू होक्स अर्थात भ्रामक भएको भन्दै कुनै प्रतिक्रिया नदिन पनि आग्रह गरेको छ ।

    त्यस्ता प्रकृतिका इमेलहरूको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन ब्यूरोले अनुरोध गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend