शिवसताक्षी
झापा शिवसताक्षीको रहेको सतासीधाम जेसीजको अध्यक्षमा पदमजंग कुँवर सर्वसम्मत चयन भएका छन् ।
जेसीजको १३ औं वार्षिक साधारण सभा तथा अधिवेशनले २०२५ का लागि कुँवरलाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले कार्याकारी उपाध्यक्षद्वयमा गणेश अधिकारी र रीता कोइरालालाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षहरुमा शिशिर उप्रेती, सचिन श्रेष्ठ, दिलकुमार कार्की र सरु अधिकारी रहेका छन् । सचिवमा निकेश दाहाल, जनसम्पर्क अधिकारीमा पारस खनाल र तालिम निर्देशकमा पुष्प पौडेल रहेको सतासीधाम जेसीजले जनाएको छ ।
अन्य सदस्यहरुलाई नव गठित समितिले चयन गर्ने नव निर्वाचित अध्यक्ष पदम कुँवरले जानकारी दिए । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई यही माघ महिना भित्र पदहस्तान्तरण कार्यक्रममा पद तथा गोपनियताको सपथ ग्रहण गराइने बताइको छ ।



