काठमाण्डौ
सुनको भाउ हिजो र आज दुई दिनमै तोलामा दुई हजार पाँच सय रुपैयाँले बढेको छ ।
सुन आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढेर एक लाख ५६ हजार ६ सय रुपैयाँ पुगेकाे थियाे । पछिल्लो तीन दिनदेखि सुनको भाउ लगातार उकालो लागेको छ ।



