माइक्रोबस दुर्घटना हुँदा सिन्धुलीमा एक जनाको ज्यान गयो,१३ जना घाइते

images
  • 163
    SHARES
  • माघ ४, २०८१ शुक्रबार
    माइक्रोबस दुर्घटना हुँदा सिन्धुलीमा एक जनाको ज्यान गयो,१३ जना घाइते
    images

    काठमाण्डौ 

    सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरू १३ जना घाइते भएका छन् ।

    काठमाण्डौबाट जनकपुरतर्फ गुडिरहेकाे बा ३ ख ८४४५ नम्बरको माइक्रोबस हिजो बेलुका सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने ठाउँमा टायर पन्चर भएर अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

    दुर्घटनामा घाइते हुनेहरूको धुलिखेल अस्पतालसहित काठमाण्डौका र सिन्धुलीका अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend