प्रेमीसँग लगनगाँठो कस्दै गायिका मेलिना राई

images
  • 181
    SHARES
  • माघ ४, २०८१ शुक्रबार
    प्रेमीसँग लगनगाँठो कस्दै गायिका मेलिना राई
    images

    काठमाडा, माघ ४

    गायिका मेलिना राईले आज (शुक्रबार) विवाह गर्दैछिन् । उनले प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गर्न लागेकी हुन् ।

    उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा आयोजना गरिएको छ । दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् ।

    इलामका ध्रुव पेशाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको बताइन्छ  विवाहको तयारी केही साता अगाडिबाट सुरु भए पनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए । जसको तस्बिर बिहीबार सार्वजनिक भएको थियो ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend