प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले गण्डकीलाई ६ विकेटले हरायो

images
  • 220
    SHARES
  • माघ ४, २०८१ शुक्रबार
    प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले गण्डकीलाई ६ विकेटले हरायो
    images

    काठमाण्डाै –

    प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेटले हराएकाे छ । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जीत हो ।

    गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीकी सरस्वती पुनले नटआउट ३१ रन बनाइन् । गण्डकीकी अपेक्षा बुढाथोकीले २ विकेट लिइन् ।

    यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनायो । गण्डकीकी सलिना सेनले नटआउट ३३ रन बनाइन् । लुम्बिनीकी मनीषा रानाले २ विकेट लिइन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend