काठमाण्डाै –
एन्फा महिला लिग फुटबलमा शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपीएफले अन्तिम स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकालाई फराकिलो अन्तरले हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एफीएफले वालिङलाई १०–० गोलले हरायो । पहिलो हाफमा ६ गोल गरेको एपीएफले दोस्रो हाफमा ४ गोल थप्यो ।
दोस्रो चरणको खेल चलिरहँदा एपीएफले लगातार ६ जीतसहित १८ अङ्क जोडेको छ । वालिङले लगातार ६ हार बेहोरेको छ । एपीएफसहित दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्लेअफमा स्थान बनाइसकेका छन् । प्लेअफ पुग्ने चौथो टोलीका लागि बाग्मती युथ क्लब र वालिङ प्रतिस्पर्धामा छन् ।



