१९ वर्षमुनिको महिला टी–२० विश्वकपमा भोलि नेपालले बङ्गलादेशसँग खेल्ने

images
  • 181
    SHARES
  • माघ ४, २०८१ शुक्रबार
    १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा भोलि नेपालले बङ्गलादेशसँग खेल्ने
    images

    काठमाण्डाै –

    आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट भोलिदेखि मलेसियामा शुरू हुँदैछ । उद्घाटन खेलमा भोलि बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्यान्ड खेल्दैछन् ।

    नेपालले भोलि दिउँसाे सवा १२ बजे बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेलमा आउँदो सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

    प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend