रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहित चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

images
  • 190
    SHARES
  • माघ ४, २०८१ शुक्रबार
    रवि लामिछानेसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहित चितवन प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
    images

    चितवन ।

    प्रहरीले साहारा चितवन सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ ।

    पूरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार, अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    विभिन्न कम्पनीमा गएको सहकारीको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा मात्र १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।

    पोखराको सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेला प्रहरीले लामिछानेलाई १८ मंसिरमा चितवन लगेर बयान लिएको थियो । बयान सकेर राति कास्की फिर्ता लगिएको विषयमा विवाद समेत भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend