गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत

images
  • 181
    SHARES
  • माघ ५, २०८१ शनिबार
    गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
    images

    काठमाडौं, ५ माघ । 

    गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपालले स्वागत गरेको छ ।

    परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता भएकोमा स्वागत गरेको हो । मन्त्रालयले मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।

     

    मन्त्रालयले नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको उल्लेख गर्दै अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend