१९ वर्षमुनिको महिला टी–२० विश्वकपमा आज नेपाल र बङ्गलादेश भिडन्त

images
  • 101
    SHARES
  • माघ ५, २०८१ शनिबार
    १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा आज नेपाल र बङ्गलादेश भिडन्त
    images

    काठमाडौ ।

    नेपालको यू–१९ महिला टोलीले आज (शनिबार) ऐतिहासिक विश्वकप क्रिकेट खेल्दैछ।

    बंगलादेशविरुद्ध मलेसियाको मैदानमा उत्रँदा नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्दै  इतिहास रच्न लागेको हो। खेल शनिबार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ।

    गएको कात्तिकमा युएईमा भएको एसिया छनोट पार गर्दै नेपाली यू–१९ महिला क्रिकेट टोलीले इतिहास रचेको थियो।

    विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू–१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो। त्यसपछि मलेसिया पुगेर अभ्यास खेलेको नेपालले विश्वकप खेल्न लागेको हो।

    विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। सुपर–६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नुपर्छ।

    यो विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। दोस्रो संस्करणसम्म आइपुग्दा पहिलोपटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। ​बंगलादेशसँगै भारत र स्कटल्याण्ड पनि नेपालकै समूहमा छन्। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend