चितवन महोत्वसमा आदिबासी जनजातिको भेषभुषा प्रर्दशनी हुने

images
  • 280
    SHARES
  • माघ ६, २०८१ आइतबार
    चितवन महोत्वसमा आदिबासी जनजातिको भेषभुषा प्रर्दशनी हुने
    images

    चितवन, 
    नारायणगढमा जारी १५ औँ चितवन महोत्वसमा माघ ८ गते आदिबासी जनजातिहरुको भेषभुषा प्रर्दशनी हुने भएको छ । आदिबासी जनजातिहरुको भेषभुषा प्रर्दशनी सांस्कृति कार्यक्रम अन्र्तगत माघ आठ गते मंगलबार चार बजे बाट सुरु हुने भेषभुषा प्रर्दशनीमा चितवनमा बासोबास गर्ने १७ आदीबासीजनजाति मध्ये ९ जनजातिले सहभागिता जनाउने सांस्कृतिक कार्यक्रमका सह संयोजक ईश्वर रानामगरले जानकारी दिनु भयो ।


    कार्यक्रममा नेपाल मगर संघ, किरात राई यायोख्या, नेपाल तामाङ घेदुङ, दुरा सेवा समाज, नेपाल दरै उत्थान समाज, थारु कल्याणकारीणी सभा, नेपाल कुमाल सेवा सुधार समिति, किरात राई याक्थुङ चुम्लुङ, नेपाल बोटे समाजले सहभागिता जनाउने मगरले जानकारी दिनु भयो । चितवनमा बसोबास गर्ने  १७ जातीको प्रमुखहरु संग भेषभुषा प्रर्दशनीको बारेमा समन्व्य भएपनि उनिहरुले प्रतिनिधित्व पठाउन नसक्दा ९ जनजातिले मात्र सहभागीता जनाएको रानामगरको भनाई छ ।


    आदिवासी जनजातीको भेषभुषा प्रर्दशनी सांस्कृतिक कार्यक्रमका संयोजक नारायण प्रधानले जनजातिको फेसन सोको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो । फेसन सोको कोरीयो ग्राफर पुष्पा श्रेष्ठ र विक्रम श्रेष्ठ रहेको प्रधानले बताउनु भयो । अहिले फेसन सोको लागी अभ्यास भैरहेको बताउदै पर्यटन प्रर्वद्धनलाई जोड दिने उदेश्यले यो बर्षको जातिय भेषभुषा प्रर्दशनीको आयोजना गरेको सांस्कृति कार्यक्रम संयोजक प्रधानको भनाई छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend