पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ

images
  • 175
    SHARES
  • माघ ७, २०८१ सोमबार
    पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ
    images

    रौतहट । 

    सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

    भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत  ९ बस्ने वर्ष २६ को धनञ्जय कुमार झा पेस्तोल र गोलीसहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका हुन् । 

     

    उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको एसपी हुमागाईँले बताएका छन्।

    बरामद पेस्तोल गोली र आरोपीले प्रयोग गरेको मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend