देवघाट,
देवघाट गाउँपालिका र सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको लागत साझेदारीमा पुर्व सिकाई मान्यता विधिको सीप परिक्षण अभिमुखिकरण कार्यक्रम देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता भएको छ।
सो सीप परिक्षण कार्यक्रम अन्तर्गत प्लम्वर,पेन्टर,मोटरसाइकल मेकानिक्स,टाइल मार्वल,कम्पुटर हाडवेयर एण्ड नेटवकिङ्ग टेक्निसियन,मोबाइल फोन टेक्निसियन लगायत ९ विधीमा सीप परिक्षण गरि तह २ को मान्यता पाउने सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालयका सिपि तिम्सिनाले बताएका थिए।
कार्यक्रममा सिटिइभिटि गण्डकी प्रदेशका उपनिर्देशक जीवन भण्डारीले आजैका दिन देखि माघ १२ गते सम्म राष्ट्रिय सीप परिक्षण फारम देवघाट गाउँपालिकामा फारम भर्ने कार्यभइरहेको हुँदा देवघाट गाउँपालिका अन्तर्गत रहेका प्लम्वर,पेन्टर,मोटरसाइकल मेकानिक्स,मोबाइल फोन टेक्निसियन लगायत ९ विधीमा राष्ट्रिय सीप परिक्षण फारम भर्न आग्रह समेत गर्नुभएको थियो।
देवघाट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल,गाउँपालिका योजना शाखा अधिकृत रामप्रसाद सापकोटा लगायत सहभागीहरुको सहभागिता रहेको थियो।



