मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

images
  • 320
    SHARES
  • माघ ८, २०८१ मंगलबार
    मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो
    images

    तनहुँ –

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

    दमौलीबाट डुम्रेतर्फ गुडिरहेकाे गण्डकी प्रदेश ०३–००१ प ०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरूकाे नाम र ठेगाना खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend